१० श्रावण २०८३, आइतबार

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहनुभएका उनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारीहरू उपस्थित थिए ।