तीन महिनमै थपिए १ लाख ७२ हजार नयाँ करदाता
तीन महिनमै थपिए १ लाख ७२ हजार नयाँ करदाता
काठमाडौं । करदाताको संख्या उल्लेख्य रूपमा बढेको छ । तीन महिनामै डेढ लाख बढी करदाता थपिएका छन् ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्म १ लाख ७२ हजार १९५ नयाँ करदाताले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
तीमध्ये २७ हजार ९५३ जना व्यवसायिक र १ लाख ४३ हजार ७४४ जना व्यक्तिगत करदाता छन् । स्रोतमा कर कट्टी गर्ने निकायका रूपमा ४९८ संस्थाले नयाँ प्यान लिएको मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर प्यान लिने करदाताको कुल संख्या ७१ लाख ७१ हजार ५४५ पुगेको छ । तीमध्ये २० लाख ८८ हजार ७११ व्यवसायिक र ५० लाख ४६ हजार ४६६ व्यक्तिगत करदाता रहेका छन्।
मन्त्रालयका अनुसार चालु आवको पहिलो त्रैमासमा मूल्य अभिवृद्धि करमा ६ हजार ७७० र अन्त:शूल्कमा ३ हजार १२ नयाँ करदाता दर्ता भएका छन् । हालसम्म भ्याट करदाताको संख्या ३ लाख ५८ हजार ५०५ र अन्त:शूल्क करदाताको संख्या १ लाख २८ हजार ९ पुगेको छ ।













