जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई झन्डै १३ करोड निकासा
जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई झन्डै १३ करोड निकासा
काठमाडौं । अर्थमन्त्रालयले गत २३ र २४ भदौमा भएका आन्दोलनका क्रममा घाइते भएका र मृतकका परिवारका लागि झन्डै १३ करोड रुपैयाँ निकासा गरेको छ ।
मन्त्रालयका अनुसार आन्दोलनमा घाइत भएका र मृतकका परिवारलाई १२ करोड ८० लाख रुपैयाँ निकासा गरेको हो ।
घाइते २ हजार ४२९ जनालाई तत्काल भैपरी खर्चका रूपमा प्रतिव्यक्ति २० हजारका दरले ४ करोड ८५ लाख ८० हजार रुपैयाँ वितरण गरिएको जनाएको छ ।
त्यस्तै मृतकका ५३ परिवारलाई १५ लाखका दरले आर्थिक सहायता, काजकिरिया, खाना र यातायात खर्च उपलब्ध गराइएको छ । यस शीर्षकमा मन्त्रालयले कुल ७ करोड ९५ लाख रुपैयाँ निकासा गरेको देखिन्छ ।













