१० श्रावण २०८३, आइतबार

पश्चिमी वायूको प्रभाव कायमैः आज कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

पश्चिमी वायूको प्रभाव कायमैः आज कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना ?



काठमाडाैं । नेपालमा हाल पश्चिमी वायूको प्रभाव कायमै रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार र बुधबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षारहिमपात तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनान अनुरोध गरेको छ ।

यस क्रममा दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपात तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षारहिमपात हुने सम्भावना छ।