१० श्रावण २०८३, आइतबार

आगामी निर्वाचनमा साढे ७ अर्ब खर्च हुने, नयाँ मतपेटिका खरिद नगर्ने

आगामी निर्वाचनमा साढे ७ अर्ब खर्च हुने, नयाँ मतपेटिका खरिद नगर्ने



काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावमा मतपेटिका नयाँ खरिद नगर्ने निर्णय गरेको छ ।

यसअघि प्रयोगमा आएका मतपेटिकालाई पुन: प्रयोग गर्न सकिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार सबै मतपेटिका तयारी अवस्थामा रहेका छन् ।

आगामी चुनावका लागि आवश्यक बजेट तयार गरी अर्थ मन्त्रालयमा पठाइसकेको छ । उक्त बजेटमा साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर, स्वीकृति प्रक्रियामा छ ।

बजेट स्वीकृत भएपछि आयोगले अन्य आवश्यक सामग्री खरिद गर्न प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मतपेटिका बाहेक आयोगले पूर्व तयारीका सामग्रीहरूको पुन: प्रयोग गर्ने योजना बनाएको छ ।