खेलकुद मन्त्रालयले सार्वजनिक गर्यो १२ बुँदे सुधार कार्ययोजना
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले तत्काल सुधारका लागि १२ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।
कार्ययोजनामा मन्त्रालयसँग सम्बन्धित नागरिकको गुनासो सुन्न र समाधान गर्न सात दिनभित्र गुनासो कक्ष स्थापना गर्ने, तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटमा खुला प्रतियोगिता अनिवार्य गर्ने लगायतका प्रावधान समावेश छन् ।
मन्त्रालयले हरेक बुँदाको कार्यान्वयनको स्पष्ट समयसीमा तोकेको छ, जसले खेलकुद क्षेत्रको पारदर्शिता र द्रुत सुधार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।















