डेडिकेटेड तथा ट्रंक लाइन विवादमा महासंघको मध्यमार्गी पहल, के-के भयाे सहमति ?
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा लामो समयसम्म लाइन काटिँदा उत्पादन, निर्यात तथा रोजगारीमा प्रत्यक्ष असर परेको भन्दै महासंघले मध्यमार्गी बाटो निकाल्न पहल गरेको बताए ।
महासंघद्धारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले यसबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै यो समस्या तत्काल समाधान गर्नु पर्ने बताए ।
विगत १३ दिनदेखि २५ उद्योगमा काटिएको लाइन जडान गर्न महासंघले सरकारका सबै सम्बन्धीत निकायसँग भेटेर पहल गरेको र मध्यमार्गी बाटो निकाल्न सफल भएको बताएका छन् ।
सोमबार प्रधानमन्त्री सुशिला कार्की, उर्जामन्त्री कुलमान घिसिङ लगायत सम्पूर्ण सरोकारवाला निकायसँगको छलफलपछि काटिएको लाइन जोड्ने, धरौटीका रूपमा एउटा किस्ता तिर्ने र कानुनी प्रक्रियामा जाने गरी सहमति भएको बताए । यस्तै उद्याेगीहरू कानूनी प्रकृयामा पनि जाने गरी सहमति भएकाे उनले बताए ।
यस्तै उद्योगीले तिर्नुपर्ने उक्त रकम २८ किस्ता मध्येको एक किस्ता नभएर विवादित रकमको ५ प्रतिशत धरौटीको रुपमा राख्ने सहमति भएको उनले स्पष्ट पारे ।याे लिखित नभएर माैिक सम्झाैता मात्र भएकाे पनि उनले बताए ।













