१० श्रावण २०८३, आइतबार

अर्थमन्त्रीसँग भेटेपछि लगानीकर्ता संघहरूले उठाएका सवालहरु केके हुन् ?



काठमाडौं । नेपाली पूँजी बजारमा देखिएका समस्या र सुधारका विषयमा चासो जनाउँदै पाँच वटा लगानीकर्ता संघ–संस्थाका प्रतिनिधिहरूले मंगलबार अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेट गरेका छन्।

नेपाल शेयर धनी संघ, जनरल इन्भेस्टर्स एसोसिएसन, साधारण लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल शेयर बजार लगानीकर्ता संघका प्रतिनिधिले मन्त्रीलाई पूँजी बजार सुधार सुझाव कार्यदलको प्रतिवेदन अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले दोहोरो आइजिन प्रणालीमा ढिलाइ, नेप्से र धितोपत्र बोर्डबीचको विवाद, टीएमएस र सीडीएससी प्रणालीका प्राविधिक कमजोरी, र संस्थापक सेयर एकैपटक बिक्री गर्ने प्रवृत्तिले बजारमा पारेको असरबारे चिन्ता व्यक्त गरे ।

अर्थमन्त्री खनालले लगानीकर्ताहरूका माग र सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायसँग तत्काल समन्वय गरी आवश्यक कदम चाल्ने विश्वास दिलाएका छन्।