जेनजी आन्दोलन : अख्तियारको केन्द्रीय कार्यालयमा २४ करोडको क्षति, क्षतिपूर्ति दाबी गर्दै प्रहरीमा जाहेरी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा करिब २४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
गत २४ भदौमा आन्दोलनकारीहरूले काठमाडौं टंगालस्थित आयोगको भवनमा आगजनी, तोडफोड र चोरी गरेका थिए । क्षतिको मूल्यांकन पूरा गरी आयोगले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा क्षतिपूर्ति दाबी गर्दै जाहेरी दिएको जनाएको छ ।
आन्दोलनका क्रममा आयोगको मुख्य भवन, सवारीसाधन, कम्प्युटरलगायत सामग्रीमा ठूलो नोक्सानी पुगेको आयोगले जनाएको छ । अख्तियारका इटहरी, हेटौँडा, पोखरा र बुटवलस्थित कार्यालयहरूमा समेत क्षति पुगेको बताइएको छ, जसको मूल्यांकन कार्य जारी छ ।












