१० श्रावण २०८३, आइतबार

प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको विपरीत कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै रिट दायर गरेका थिए ।

रिटमा नेपाली सेना, प्रमुख राजनीतिक दल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पनि विपक्षी बनाइएको थियो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा संवैधानिक इजलासले रिटको सुनुवाइ गर्दा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो ।

खतिवडाले रिटमा संविधानले पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्न अनुमति नदिएको र राष्ट्रपतिले धारा ७६ र १३२(२) उल्लङ्घन गरेको दाबी गरेका थिए ।