स्वस्तिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज नै ५०० रुपैयाँ !
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ५ लाख ७७ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ लाख ३१ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ ।
कम्पनीको सेयर भोलि अर्थात् कात्तिक २५ गतेदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा सेयर कारोबार हुनेछ ।













