आइपीओ ल्याउँदै सप्तकोशी सिमेन्ट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइपीओ ल्याउँदै सप्तकोशी सिमेन्ट



काठमाडौं । सप्तकोशी ब्रान्डमार्फत सप्तकोशी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले सर्वसाधारणका लागि आफ्नो २० प्रतिशत सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

कम्पनीको दोस्रो वार्षिक साधारणसभाले आईपीओ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। मोरङको कटहरी गाउँपालिकामा अवस्थित उद्योगले दैनिक करिब ६०० टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सभाले यस वर्षको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय पनि गरेको छ । साथै, कम्पनीको सञ्चालक समितिमा पुनर्गठन गर्दै मोना जालानलाई अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालक नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्