चालु खाता २ खर्ब ३७ अर्बले बचतमा, शोधनान्तर स्थिति थप बलियाे
काठमाडाैं । चालु आर्थिक वर्षको ३ महिनामा सरकारकाे चालु खाता र शाेधनान्तर स्थिति थप बलियाे बनेकाे छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिले यस्ताे देखाएकाे हाे ।
समीक्षा अवधिमा चालु खाता रु.२ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.११५ अर्ब ३६ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ ।
यस्तै यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.२ अर्ब रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा रु.१ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.४ अर्ब ८१ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर रु.२६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ ।













