२५ भदौ २०८३, बिहिबार

एचआइडीसीएलको डिसीओमा पण्डित



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को नायब प्रमुख कार्यकारी अधिकृत (डीसीओ) मा ऋषी राम पण्डित नियुक्ति भएका छन् ।

कम्पनीको तह–११, नायब प्रमुख कार्यकारी अधिकृत (वित्त) पदमा पण्डित नियुक्ति भएका हुन् । उनको कार्यकाल मंसिर ७ गतेदेखि लागू हुने गरि स्थायी निुक्ति गरिएको कम्पनीले जनाएको छ ।