२५ भदौ २०८३, बिहिबार

नेपाल वेयरहाउजिङका दुई संचालकको राजिनामा स्वीकृत



काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडका दुई संचालकको राजिनामा स्वीकृत भएको छ ।

टिम भेन्चर्स प्रालिलाई प्रतिनिधित्व गर्ने संचालक जेन्जिङ छुफेल र वैकल्पिक संचाल विकास चन्द्र भण्डारीको राजिनामा स्वीकृत भएको हो ।

उनीहरुले गत मंसिर २ गते मंगलबार पदबाट राजिनामा दिएका थिए । तर, मंसिर ७ गते बसेको संचालक समितिको बैठकले राजिनामा दिएकै मितिबाट लागू हुनेगरि स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।