अमेरिकी प्रतिबन्धले भारतमा रूसी तेल आपूर्ति घट्दै, नेपालमा कस्तो पर्छ जोखिम ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकी प्रतिबन्धले भारतमा रूसी तेल आपूर्ति घट्दै, नेपालमा कस्तो पर्छ जोखिम ?



काठमाडौं । सन् २०२५ को नोभेम्बरमा भारतले ५ महिनायताकै धेरै रुसी तेल आयात गरेको छ । भारतले गत महिना रुसबाट दैनिक १.८८६ देखि १.९ मिलियन ब्यारेल रुसी तेल आयात गरेको भारतय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिबन्धित रूसी उत्पादकहरूसँग हुने कारोबारसम्बन्धी अमेरिकाको समयसीमा सकिनुभन्दा अगाडि भारतीय रिफाइनरहरूले तीव्र रूपमा तेल सुरक्षित गरेसँगै आयात बढेको हो ।

२०२५ नोभेम्बरमा भारतले रूसबाट गरेको कच्चा तेल आयात अघिल्लो महिनाको तुलनामा १७ प्रतिशत र गत वर्षको यही महिनाको तुलनामा लगभग ६ प्रतिशतले बढी छ। २०२३ को नोभेम्बरसँग तुलना गर्दा यो आयात १२ प्रतिशतले बढेको रियल–टाइम ट्रेड इन्टेलिजेन्स टुल फर ग्लोबल मार्केट (Kpler) को तथ्यांकले देखाएको छ।

सन् २०२२ मा युक्रेनमाथि भएको आक्रमणपछि पश्चिमी मुलुकहरू विशेष गरी बेलायत, युरोपेली सङ्घ र संयुक्त राज्य लगायतले रुसमाथि कडा प्रतिवन्ध लगाएका छन् ।

यस्तो विश्वको तेस्रो ठूलो तेल आयातकता भारत भने रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको हो । यसअघि अमेरिकाले रुसी तेल खरिद गरेको भन्दै भारतमा उच्च भन्सार कर लगाएको थियो ।

यद्यपी भारतले भने समुद्री मार्गबाट आउने मूल्य–छुट भएको रुसी कच्चा तेललाई प्राथमिकता दिँदै आयात निरन्तर बढाउँदै आएको छ।

आपूर्ति सन्तुलनमा समस्या र मूल्यमा वृद्धिको संकेत

डिसेम्बरबाट अमेरिकी प्रतिबन्ध लागू हुने हुँदा भारतले रुसबाट गर्ने तेल आयात तीन वर्ष यताकै न्युन बिन्दुमा पुग्ने अनुमान गरीएको छ ।

पश्चिमी प्रतिबन्ध उल्लङ्घन हुन नदिन भारतीय रिफाइनरहरू वैकल्पिक स्रोततर्फ मोडिन थालिसकेको बताइएको छ ।

डिसेम्बरमा रुसी तेलको आयात तेल करिब ६ लाख–६.५ लाख ब्यारेल प्रति दिनको दरले घट्ने अनुमान गरिएको छ । यसरी तेल आयात एकाएक घट्दा भारतकै घरेलु बजारमा समेत तेल आपूर्ति सन्तुलन बिग्रिन सक्ने, मूल्य वृद्धि हुने र अन्तर्राष्ट्रिय बजारमा समेत दबाब सिजर्ना हुने विश्लेषण भइरहेको छ ।

यसबाट आम उपभोक्ता मात्र नभइ उद्योग, यातायामा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ ।

नेपालमा प्रभाव कस्तो पर्छ ?

पेट्रोल, डिजेल, मट्टितेल लगायतका पेट्रोलियम पदार्थका लागि नेपाल भारतको सबैभन्दा ठूलो आयातकर्ता हो ।

भारतले आयातित कच्चा तेल प्रशोधन गरेर पेट्रोलियम पदार्थका रुपमा नेपाल लगायत भुटान, श्रीलंका बङ्लादेश, माल्दिभ्स, म्यानमार र दक्षिण एसियालि देशहरुमा निर्यात गर्ने गरेको छ ।

भारतको तेल आपूर्तिमा दबाब पर्दा यसबाट नेपाल पनि प्रत्यक्ष रुपमा प्रभावित हुने देखिन्छ । यसबाट नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुँदा बजारमा पेट्रोल, डिजेल र अन्य इन्धनको मूल्य महँगो हुने सम्भावना बढाउँछ।

साथै, आपूर्ति घट्ने अवस्था लामो समयसम्म रह्यो भने, केही समयका लागि अल्पकालीन अभाव पनि देखिन सक्छ ।


प्रतिक्रिया दिनुहोस्