‘समयमै चुनाव गरेर राजनीतिक स्थिरता र सुशासन कायम गर्न सके अर्थतन्त्र लयमा फर्किन्छ’
काठमाडौं । मुलुकमा सिर्जित परिस्थितिबाट उत्पन्न आर्थिक निराशाबीच सफल उद्यमी शेखर गोल्छाले राजनितिक स्थिरता र शुशासन कायम गर्न सके वर्तमान परिस्थितिबाट बाहिर निस्कन सकिने बताएका छन् ।
अर्थपथ डटकमसँगको कुराकानीमा उनले नेपालले पटक पटक यस्ता चुनौतिको सामना गरेको भन्दै समयमै चुनाव गराएर गुड गभर्नेन्स कायम गर्न सके अर्थतन्त्रले विस्तारै लयमा फर्किने बताएकान हुन् ।
उनले भने, ‘नेपालले पहिलो पटक यो चुनौति फेस गरेको होइन । यसअघि पनि नेपालले विभिन्न राजनैतिक अस्थिरता, भुकम्प, नाकाबन्दी र कोभिड जस्ता थुप्रै चुनौतिको सामना गरिसकेको छ । यसबाट नीजि क्षेत्र पनि विस्तारै बाहिर निस्कन्छ।’
नेपाली अर्थतन्त्रको आधारहरु मजबुत रहेको बताउँदै उनले शुशासन बलियो बनाउन सक्ने हो भने अर्थतन्त्रले पुनः सकारात्मक लय समात्ने बताए ।
यसले नीजि क्षेत्रलाइ पनि विस्तारै हिल गर्ने र खस्किएको मनोबल माथि उठ्ने बताएका हुन् ।
बैंकहरुमा थुप्रिएको अत्यधिक तरलता, मुलुक भित्रने रेमिट्यान्स र न्युन ब्याजदरलाई हामीले संकट भन्दा पनि अवसरका रुपमा हेर्नु पर्ने उनको भनाइ छ ।
‘ओभर लिक्विडिटी समस्या पनि हो, अपर्चुनिटी पनि हो। लो इन्ट्रेस्ट रेट अहिले च्यालेन्ज मात्र होइन, राम्रो मौका पनि हो । रेमिट्यान्सले हाम्रो एक्सटर्नल सेक्टर बलियो बनाइदिएको छ, यो पनि ठूलो अवसर हो, गोल्छाले भने ‘राजनीतिक अनिश्चितताका कारण व्यवसायीको मनोबल मात्रै खस्किएको हो। चुनावबाट हामी राजनीतिक सेटलमेन्टमा गयौं भने, विकास र सुशासनको लय समात्यौ भने मनोबल आफै बुस्ट हुन्छ।’












