२४ भदौ २०८३, बुधबार

साताको पहिलो दिन २१.४८ अंकले घट्यो नेप्से, साढे ५ अर्बकाे काराेबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २१.४८ अंकले घटेर २६ सय ९ दशमलव ६९ बिन्दुमा रोकिएको छ ।

आज नेप्से घटे पनि काराेबार रकम भने झिनाे सुधार देखिएकाे छ । यसदिन ३२५ कम्पनीकाे १ कराेड ७ लाख १८ हजार ६१५ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३३ कराेड ४४ लाख १५ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

गत शुक्रबार ३३२ कम्पनीकाे १ कराेड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब २३ कराेड ५६ लाख ९९ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।

आज सबै समुहकाे सेयर घटेकाेमा हाइड्राेपावरकाे १.२२, व्यापार १.२१, हाेटल तथा पर्यटन १.२०, माइक्राेफाइनान्स १.०४ र फाइनान्स १ प्रतिशत घटेकाे छ ।

आज २०४ कम्पनीकाे सेयर मूल्य घटेकाेमा ४६ कम्पनीकाे बढेकाे छ भने ८ वटाकाे स्थिर रहेकाे छ । यस्तै ३ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।