सुनकाे मूल्य प्रतिताेला ७०० रूपैयाँ बढ्याे, उच्च बिन्दुबाट घट्याे चाँदी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनकाे मूल्य प्रतिताेला ७०० रूपैयाँ बढ्याे, उच्च बिन्दुबाट घट्याे चाँदी



काठमाडाैं । साेमबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार तोलामा २०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यता आज चाँदीकाे मूल्य भने ताेलामा २० रूपैयाँ घटेकाे छ । आजको बजार चाँदी तीन हजार ५ सय ५८५ रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ५ सय ६०५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्