७ श्रावण २०८३, बिहिबार

यातायात व्यवस्था विभागले छाप्याे ४८० लाइसेन्स, फेसबुक पेजमार्फत सार्वजनिक



काठमाडौं । यातायात व्यवस्था विभागले ४८० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ ।

विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत छापिएका ४८० वटा सवारी लाइसेन्स सार्जनिक गरेकाे हाे ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी हुँदा लाइसेन्स प्रिन्टर मेसिनमा क्षति पुगेपछि सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छापिँदै आएको छ ।

आगजनीबाट विभागको सर्भरमा समेत क्षति पुग्दा लाइसेन्स छापिएपछि एसएमएस मार्फत जानकारी दिने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएकाले फेसबुक पेजमार्फत जानकारी दिइरहेकाे छ।

सवारीचालक अनुमतिपत्र आवश्यक परेमा भौतिक रुपमा तथा अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्