चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड, सुन प्रतितोला १००० रूपैयाँ बढ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड, सुन प्रतितोला १००० रूपैयाँ बढ्यो



काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे तालामा २०० रूपैयाँ बढेकाे सुनकाे भाउ आज ताेलामा १००० रूपैयाँ बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ५२ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्