पेट्राेलकाे मूल्य बढ्याे, डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पेट्राेलकाे मूल्य बढ्याे, डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्राेलियम पदार्थकाे नयाँ मूल्य सार्वजनिक गरेकाे हाे ।

निगमले सोमबार सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ।

इण्डियन आयल कर्पोरेशनले पठाएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजलमा प्रतिलिटर ६.९३ रुपैयाँ घटेर आएको छ भने पेट्रोलको मूल्य १.९४ रूपैयाँ बढेर आएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्राेल पहिलाे वर्ग (चारआली, वीराटनगर, जनकपूर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटर १६०.५० रूपैयाँ, दाेस्राे वर्ग (सुर्खेत र दाङ) मा १६२ रूपैयाँ र तेस्राे वर्ग (काठमाडाैं, पाेखरा र दिपायल) मा १६३ रूपैयाँ कायम भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्