सरकारकाे राजस्व असुली लक्ष्य नजिक, ५ महिनामा उठायाे ४ खर्ब ९ अर्ब ७८ करोड रूपैयाँ
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ५ महिनामा कुल लक्ष्यको ७८.७४ प्रतिशत राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयले सार्ववजनिक गरेकाे तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सरकारले कुल सरकारले कुल ४ खर्ब ९ अर्ब ७८ करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।
यस अवधिमा ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यसमध्ये अन्त:शुल्कबाट मात्र ७६ अर्ब भन्दा माथि राजस्व उठेको छ ।
यस्तो राजस्व अन्त:शुल्कमा दर्ता भएका मदिरा, वियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा लाग्ने शुल्कबाट संकलन हुन्छ । साथै यस्तो वस्तुको पैठारीमा समेत अन्त:शुल्क लाग्ने गर्छ ।
मंसिर महिनामा मात्र सरकारले ९५ अर्ब २० करोड रूपैयाँ राजस्व उठाउने लक्षय राखेकाेमा ८० अर्ब २७ करोड रूपैयाँ संकलन भएको छ । मंसिर २९ गते मात्र ३ अर्ब ४४ करोड रूपैयाँ संकलन भएको छ ।
यस वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकाे छ ।
गत आर्थिक वर्षकाे यस अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रूपैयाँ राजस्व संकलन गरेकाे थियाे भने, मंसिरमा मात्र ८ ७६ अर्ब ७६ करोड रूपैयाँ उठाएकाे थियाे ।














