विकास खर्चकाे अवस्था दयनीय, ५ महिनामा ३३ अर्ब ८७ करोड मात्रै खर्च - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विकास खर्चकाे अवस्था दयनीय, ५ महिनामा ३३ अर्ब ८७ करोड मात्रै खर्च



काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाबाटै खस्किएको विकास खर्च पाँचौं महिना (साउन–मंसिर)सम्म आइपुग्दा पनि सुधार हुन सकेकाे छैन ।

महालेखा परीक्षकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म विकास खर्च लक्ष्यको ८.३ प्रतिशत मात्र हुन सकेको छ ।

चालु आवमा सरकारले कुल विकास खर्च गर्ने लक्ष्य ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ राखेको छ । मंसिर मसान्तसम्म सरकारले ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

यता चालुगत शीर्षकमा मंसिर मसान्तसम्मको खर्च ३३ दशमलव ७ प्रतिशत छ । यो वर्ष चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा हालसम्म ४ खर्ब ९८ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बराबर खर्च भएको हो ।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ३५ दशमलव ३२ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएको थियो । उक्त शीर्षकमा हालसम्म १ खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ बराबर खर्च भएको हो ।


प्रतिक्रिया दिनुहोस्