प्रतिताेला १७०० रूपैयाँ घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रतिताेला १७०० रूपैयाँ घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ताेलामा १९०० रुपैयाँ बढेको सुनकाे भाउ आज ताेलामा १७०० रूपैयाँ बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५९ हजार रूपैयाँ निर्धारण भएकाे छ ।

साेमबार छापावाल सुन प्रतिताेला २ लाख ६० हजार ७०० रूपैयाँ निर्धारण भएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य ताेलामा १५ रूपैयाँ बढेकाे छ । यसदिन चाँदीको मूल्य तोलाको ३ हजार ८ सय ८५ रूपैयाँ तोकिएको छ। हिजो चाँदी ३ हजार ८७० रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्