२ लाख ६० हजार नाघ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?
काठमाडाैं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजो तोलामा ७०० रूपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा ७०० रूपैयाँ नै बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४०० रूपैयाँ पुगेको छ ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ५९ हजार ७०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै चाँदीकाे मूल्य पनि ताेलामा २५ रूपैयाँ बढेकाे छ । बुधबार प्रतिताेला ४ हजार ५५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज ४ हजार ८० रूपैयाँ पुगेकाे छ ।













