उच्च बिन्दुबाट घट्याे सुन-चाँदीकाे मूल्य, आज कतिमा हुँदैछ किनबेच ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उच्च बिन्दुबाट घट्याे सुन-चाँदीकाे मूल्य, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ । आज एकैदिन सुनकाे मूल्य ताेलामा २००० रूपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य उच्च बिन्दुबाट घटेर २ लाख ५८ हजार ४०० रूपैयाँ कायम भएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला २ लाख ६० हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै चाँदी पनि एकैदिन ताेलामा ७५ रूपैयाँ घटेकाे छ । हिजाे प्रतिताेला ४ हजार ८० रूपैयाँमा किनबेच भएकाे चाँदी आज ४ हजार ५ रूपैयाँ ताेकिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्