साताको पहिलो दिन २० अंकले घट्यो नेप्से, कारोबारसहित अन्य सूचक कस्तो ?  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

साताको पहिलो दिन २० अंकले घट्यो नेप्से, कारोबारसहित अन्य सूचक कस्तो ? 



काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १९.९२ अंकले घटेर बन्द भएको हो । आज नेप्से ०.७६ प्रतिशतले घटेर परिसूचक २५९५.१० विन्दुमा आएको छ । 

आज नेप्से घट्दा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार  रुपैयाँ बराबरको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर कारोबार भएको छ । 

आज बजार बन्द हुँदा ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३४५ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ५७६ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूह मध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूह रातामय भएको छ । 


प्रतिक्रिया दिनुहोस्