कपडा व्यवसायदेखि टेक कम्पनीसम्म सबै व्यवसायलाई एउटै मञ्चमा ल्याउने प्लेटफर्म 'फाउन्डर्स नेपाल' सार्वजनिक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कपडा व्यवसायदेखि टेक कम्पनीसम्म सबै व्यवसायलाई एउटै मञ्चमा ल्याउने प्लेटफर्म ‘फाउन्डर्स नेपाल’ सार्वजनिक



 
काठमाडौं। नेपालको पहिलो व्यापक व्यवसाय खोज र वृद्धि प्लेटफर्म ‘फाउन्डर्स नेपाल’ सार्वजनिक भएको छ । एवेरेस्ट इन्जिनियरिंग कलेजका भुवन प्रसाद जोशीले नेपालको पहिलो व्यापक व्यवसाय खोज र वृद्धि प्लेटफर्म ‘फाउन्डेशन नेपाल’ सार्वजनिक गरेका हुन् ।

तपाईंले भर्खरै रेस्टुरेन्ट खोल्नुभयो, उत्कृष्ट कपडाको पसल सञ्चालन गर्दै हुनुहुन्छ, नयाँ क्याफे लन्च गर्दै हुनुहुन्छ, एआई सफ्टवेयर बनाउनुभएको छ या कृषि उत्पादन बेच्न चाहनुहुन्छ, तर समस्या एउटै छ ग्राहकहरूले तपाईंलाई कसरी भेट्टाउने भनेर अन्याैलमा हुनुहुन्छ भने यस प्लेटफर्मकाे समाधान दिन्छ ।

‘नेपालमा हरेक दिन सयौं नयाँ र स्थापित व्यवसायहरू ग्राहक, दृश्यता र वृद्धिको लागि संघर्ष गरिरहेका छन् । फेसबुकमा पोस्ट गर्नुहुन्छ, केही मात्र मानिसहरूले देख्छन् । इन्स्टाग्राममा विज्ञापन दिनुहुन्छ महँगो र अस्थायी लिङ्क्डइनमा शेयर गर्नुहुन्छ, सही दर्शक भेटिंदैन’, जोशीले भने  ‘मैले मेरा साथीहरूलाई उत्कृष्ट रेस्टुरेन्ट, क्याफे, अनलाइन बिजनेश (लुगा पसल, किताब पसल), र उत्पादनहरू सञ्चालन गरेको देखें, तर ग्राहकहरू आउँदैनन, समस्या उनीहरूको व्यवसायमा होइन दृश्यतामा छ । यो प्लेटफर्मले यही समस्या समाधान गर्छ ।’ 

के हो फाउन्डर्स नेपाल ?
फाउन्डर्स नेपाल नेपालको पहिलो व्यवसाय खोज मञ्च हो जहाँ सबै प्रकारका व्यवसायहरू आफ्नो उपस्थिति बनाउन सक्छन् भने व्यवसायीहरू आफ्नो उत्पादन र सेवा लन्च गर्न सक्छन् ।  

रेस्टुरेन्ट र क्याफेमा नयाँ मेनु, विशेष अफर, र ब्रान्ड स्टोरी साझा गर्न सकिन्छ । फेसन र कपडा पसलको नवीनतम कलेक्शन प्रदर्शन गर्न सकिन्छ ।

टेक स्टार्टअप तपाईंको एप, सफ्टवेयर वा डिजिटल समाधान लन्च गर्न सकिन्छ। कृषि व्यवसाय जैविक उत्पादन, एग्रोटेक समाधान प्रवर्द्धन गर्न सकिन्छ । सेवा व्यवसाय सल्लाह, डिजाइन, मार्केटिङ सेवाहरू सूचीबद्ध गर्न होस् या थोक र खुद्रा उत्पादन हजारौं सम्भावित खरिदकर्तासम्म पुऱ्याउन सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्