यी हुन् नेपालले सबैभन्दा धेरै वस्तु आयात गर्ने १० देश, तेस्राेमा अर्जेन्टीना
काठमाडौं । चालु आर्थिक वर्ष ५ महिनाको अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपैयाँ बराबरको आयात हुँदा सबैभन्दा बढी आयात हुने देशमा भने भारत रहेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा निष्काशन गरेको तथ्यांकमा देखिएको छ ।
भारत बाट मात्र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ४ खर्ब ३४ अर्ब ६ करोड ४२ लाख १८ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
त्यस्तै दोस्रोमा बढी आयात हुने देशमा चिन रहेको छ । ५ महिनाको अवधिमा चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाख ७६ हजार रुपैयाँ बराबरको आयत भएको छ ।
अर्जेन्टीनाबाट ४४ अर्ब ५६ करोड १२ लाख ९६ हजार रुपैयाँ बराबरको, संयुक्त अरब इमिरेट्सबाट २३ अर्ब ४५ करोड ५४ लाख ५४ हजार रुपैयाँको, संयुक्त राज्य अमेरिका १० अर्ब ३५ करोड ७ लाख रुपैयाँको र इन्डोनेसियाबाट ७ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ बराबरको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
साथै, थाइल्यान्डबाट ७ अर्ब ७३ करोड १७ लाख ७८ हजार रुपैयाँको, ब्राजिलबाट ४ अर्ब ९८ करोड ५५ लाख ७१ हजार रुपैयाँको, मलेसियाबाट ४ अर्ब ७५ करोड १६ लाख ९७ हजार रुपैयाँ र अस्ट्रेलियाबाट ४ अर्ब ७० करोड ३३ लाख २४ हजार रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।













