भारतपछि धेरै निर्यात अमेरिकामा, टप १० मा क्यानडा, जापान, अष्ट्रेलियादेखि फ्रान्ससम्म - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारतपछि धेरै निर्यात अमेरिकामा, टप १० मा क्यानडा, जापान, अष्ट्रेलियादेखि फ्रान्ससम्म



काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनाको आयात–निर्यातको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालबाट १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको माल तथा सामान निर्यात गरेको छ । 

जसमा सबैभन्दा बढी सामान भारतलाई बेचेको छ । पुस मसान्तसम्ममा भारतलाई मात्र ९५ अर्ब ४ करोड २० लाख ८७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

भारतपछि धेरै निर्यात हुने मुलुकमा संयुक्त राज्य अमेरिका रहेको छ । अमेरिकामा ५ महिनाको अवधिमा ७ अर्ब ४२ करोड ६० लाख ५८ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । 

तेस्रो धेरै निर्यात हुने मुलुकमा जर्मनी रहेको छ । जर्मनीसँग ५ महिनाको अवधिमा २ अर्ब १२ करोड ६० लाख ७७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । चौथो नम्बरमा रहेको संयुक्त अधिराज्यमा १ अर्ब ४४ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको रहेको छ । 

त्यस्तै, क्रमशः पाँचौँ, छैटौँ र सातौँमा फ्रान्स ९६ करोड ६३ लाख १९ हजार,  जापान ९४ करोड ५९ लाख १४ हजार र संयुक्त अरब इमिरेट्स ८४ करोड ५५ लाख ६१ हजार रुपैयाँको मंसिर मसान्तसम्ममा निर्यात भएको छ । 

आठौँ नम्बरमा अष्ट्रेलिया रहेको छ । ५ महिनामा अष्ट्रेलियामा ७८ करोड ३६ लाख ६७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । नौ नम्बरमा भने इटाली निर्यात भएको छ । इटालीमा समीक्षा अवधिमा ६६ करोड ४८ लाख ९८ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

दशौँ नम्बरमा भने क्यानडा निर्यात भएको देखिन्छ । क्यानडामा ५ महिनाको अवधिमा ६० करोड ७६ लाख ९९ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्