आजसम्म सेयर किन्नेले एनएमबी बैंक र साना किसान लघुवित्तको लाभांश पाउने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आजसम्म सेयर किन्नेले एनएमबी बैंक र साना किसान लघुवित्तको लाभांश पाउने



काठमाडाैं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ। आज एनएमबि बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले भोली अर्थात पुस ९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुई कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनएमबि बैंकले पुस २४ गते, बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, साना किसानले पुस २५ गते, शुक्रबार, कार्की ब्यान्क्वेट, बबरमहल, काठमाडौँमा २४ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्