५ महिनामा नेपालबाट ५ अर्ब ५३ करोडको अलैँची निर्यात, टप १० मा चिया, तेल, धागोदेखि जुटसम्म
काठमाडौं । भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार पुरै ५ महिनामा नेपालबाट चालु आर्थिक वर्ष २०८१–८२ को ५ महिनामा अलैँची मात्र साढे ५ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात भएको छ ।
पुस मसान्तसम्ममा १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको पुरै निर्यात गरेकोमा ठुलो अलैँची मात्र ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको गरेको छ ।
विभागका अनुसार २६ लाख २२ हजार १०० केजी अलैँची भारत मात्र निर्यात भएको छ । अलैँची नेपालबाट निर्यात हुने हिसाबले दोस्रो नम्बरमा हो ।
निर्यात हुने हिसाबले पहिलो नम्बरमा सोयाबीन तेल रहेको छ । जुन ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको २२ करोड ५२ लाख ८८ हजार ८४२ केजी कच्चा बाहेकको सोयाबीन तेल निर्यात भएको छ ।
बढी निर्यात हुनेको तेस्रो ऊन वा सूक्ष्म जनावरको रौँबाट बनेका, गाँठो पारेर बुनेका कार्पेट तथा अन्य कपडाजन्य भुइँछाप्ने सामग्री निर्यात भएको छ । गाँठोदार ऊनी कार्पेट ५ महिनाको अवधिमा ४ अर्ब १३ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको २६ लाख २२ हजार १०० स्क्वायर मिटर निर्यात भएको छ ।
चौथो नम्बरमा परिष्कृत वनस्पति खाद्य तेल (सूर्यमुखी र कुसुमजन्य तेल) निर्यात भएको छ । यस्तो तेल मंसिर मसान्तसम्ममा ३ अर्ब ७३ करोड ६८ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख २२ हजार ४११ लिटर निर्यात भएको छ ।
बढी निर्यात हुने पाँचौँ नम्बरमा कच्चा जुट/बास्ट रेसाबाट बुनेको कपडा रहेका छन् । यस्तो कपडा २ अर्ब ७३ करोड ३३ लाख ९५ हजार रुपैयाँ बराबरको ४ करोड ५१ लाख ६२ हजार ७५२ स्क्वायर मिटर निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
बढी निर्यात हुनेको छैटौँ नम्बरमा फेल्ट सामाग्री रहेको छ । अन्य फेल्ट, चाहे त्यसमा तरल पदार्थ सोसाइएको (इम्प्रेग्नेट गरिएको), तह लगाइएको, छोपिएको वा तह–तहमा जोडिएको (लेमिनेट गरिएको) भए वा नभएको सामाग्री बढी निर्यात हुनेको छैटौँ नम्बरमा हरेको छ ।
यफेल्ट सामाग्री २ अर्ब ५८ करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको ८ लाख ५३ हजार ७८ केजी निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
परिष्कृत पाम तेल निर्यात हुनेको टप सातौँ नम्बरमा परेको छ । यस्तो तेल ५ महिनाको अवधिमा २ अर्ब ५१ करोड २२ लाख ९ हजार रुपैयाँ १ करोड ३८ लाख ५६ हजार २२४ लिटर निर्यात भएको छ ।
नेपालबाट निर्यात बढी हुनेमा पलिएस्टर धागो आठौँ नम्बरमा रहेको छ । कम्तीमा ८५ प्रतिशत पलिएस्टर स्टेपल फाइबर भएको एकल धागो (नप्याकेज गरिएको) सामान निर्यात हुने लिस्टको आठौँ नम्बरमा छ ।
विभागका अनुसार ५ महिनामा पलिएस्टर धागो २ अर्ब ९ करोड ३ लाख ९२ हजार रुपैयाँ बराबरको ९८ लाख ६३ हजार ४३८ केजी निर्यात भएको छ ।
बढी निर्यात हुने नवौँ नम्बरमा ऊनजन्य फेसन सामग्री रहेको छ । जस अन्तरगत ऊन वा सूक्ष्म जनावरको रौँबाट बनेका शाल, स्कार्फ, मफलर, म्यान्टिला, घुँघरालो ढाँकी आदि निर्यात भएको विभागले जनाएको छ ।
उनको सामाग्री ५ महिनामा १ अर्ब ८८ करोड ८४ लाख ६५ हजार रुपैयाँ बराबरको १३ लाख १५ हजार ५२६ पिस निर्यात भएको छ ।
बढी निर्यात हुने दशौँ नम्बरमा कालो चिया रहेको छ । जस अन्तरगत अन्य कालो चिया (फर्मेन्ट गरिएको) र अन्य आंशिक रूपमा फर्मेन्ट गरिएको चिया निर्यात भएको विभागले जनाएको छ ।
यस्तो चिया ५ महिनामा १ अर्ब ८६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको ६५ लाख ३१ हजार १६७ केजी निर्यात भएको विभागले जनाएको छ ।













