युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल



काठमाडौँ । युनिक प्लास्टिक उद्योग लिमिटेडले जारी पूँजीको २० प्रतिशत हुन आउने रकम बराबरको प्राथमिक सेयर निष्काशन (आइपीओ) गर्ने भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ८ स्थित औद्यौगिक क्षेत्रमा रहेको उक्त कम्पनीले प्रतिशेयर अंकित मूल्य रु. १००।– मा आइपीओ निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

पौष ९ गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा युनिक प्लास्टिक उद्योग लिमिटेडका तर्फबाट अध्यक्ष हरिबहादुर बस्नेत तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरे हस्ताक्षर गरे ।


प्रतिक्रिया दिनुहोस्