भूगोल इनर्जिको साधारण सभा पुस ३० गते बस्ने
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले ८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठक अनुसार कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बस्ने भएको हो ।
कम्पनीले सभा काठमाडौं पुरानो बानेश्वरमा रहेको काजीको किचेनमा बिहान ९ बजे देखि गर्ने भएको हो ।
कम्पनीले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सानको हिसाब विवरण, नगद प्रवाह उपर छलफल गरी पारित गर्ने भएको छ ।
कम्पनीले सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, सञ्चालक समितिको बैठक भत्ता तोक्ने र कम्पनी सचिव तोक्ने विषयमा छलफल हुने भएको छ ।













