रसुवागढी हाइड्रोपावरको साधारण सभा आह्वान
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १३औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा पुस ३० गते बस्ने निर्णय गरेको हो ।
कम्पनीले सभा काठमाडौंको धुम्बाराहीमा रहेको होटल स्मार्ट दरबार प्रालिमा गर्ने भएको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिएका छन् ।
कम्पनीले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सानको हिसाब विवरण, नगद प्रवाह उपर छलफल गरी पारित गर्ने भएको छ ।
कम्पनीले चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने समेत एजेन्डा सभाको रहेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने गरेको छैन ।













