५ महिनामा सबैभन्दा बढी वीरगन्जबाट आयात, टप १० मा मुस्ताङ, विराटनगरदेखि एयरपोर्टसम्म
काठमाडौं । भन्सार विभागले चलु आर्थिक वर्षको ५ महिना अर्थात् मंसिर मसान्तसम्मको आयत निर्यातको तथ्यांक सार्वजनिक गर्दा सबैभन्दा बढी आयत वीरगन्जबाट भएको देखिएको छ ।
५ महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपैयाँ बराबरको आयात हुँदा वीरगन्जबाट मात्र ३ खर्ब ५९ अर्ब २२ करोड ४० हजार रुपैयाँ बराबरको माल तथा सामान आयत भएको छ । जुन नेपालमा आयात भएको ४६.८८ प्रतिशत हो ।
सबैभन्दा बढी आयत हुने दोस्रो नम्बरमा भैरहवा भन्सार रहेको छ । ५ महिनामा भैरहवाको आयात हिस्सा १५.२७ प्रतिशत रहेको छ । पुस मसान्तसम्ममा भैरहवाबाट १ खर्ब १६ अर्ब ९६ करोड ४५ लाख १३ हजार रुपैयाँ बराबरको आयत भएको विभागको तथ्यांमा उल्लेख छ ।
तेस्रो नम्बरमा विराटनगर भन्सार रहेको छ । यसले ५ महिनामा ९१ अर्ब ३८ करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको आयत गरेको छ । जुन पुरै आयातको ११.९३ प्रतिशत हो ।
आयात गरेको नाकामा चौथो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट रहेको छ । जसले ५ महिनामा ८३ अर्ब ४० करोड २६ लाख २८ हजार रुपैयाँ बराबरको आयत गरेको देखिन्छ । यो पुरै आयातको १०.८९ प्रतिशत हो ।
पाँचौँ नम्बरमा नेपालगन्ज भन्सार हरेको छ । जसबाट ५ महिनाको अवधिमा ३० अर्ब ७१ करोड २ लाख १७ हजार रुपैयाँ बराबरको आयात भएको छ । जुन पुरै आयातको ४.०१ प्रतिशत हो ।
छैटौँ नम्बरमा मेची भन्सार रहेको छ । यसले ५ महिनाको अवधिमा २० अर्ब १४ करोड ४२ लाख ८१ हजार रुपैयाँ बराबरको माल तथा सामान आयात गरेको छ । जुन आयातको २.६३ प्रतिशत हो ।
तातोपानी भन्सार आयतको हिसाबले सातौँ नम्बरमा हरेको छ । यो भन्सारबाट पुरै आयातको २.२९ प्रतिशत आयात भएको छ । जुन १७ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ बराबरको रहेको छ ।
आठौँ नम्बरमा कृष्णनगर भन्सार हरेको छ । जसले समीक्षा अवधिसम्म १० अर्ब ४७ करोड ७४ लाख ३६ हजार रुपैयाँ बराबरको आयात भएको छ । जुन पुरै आयतको १.३७ प्रतिशत हो ।
मुस्ताङ भन्सार आयात हुने टप नवौँ भन्सारमा परेको छ । हिमाली जिल्लाको भन्सार भए पनि ५ महिनामा यस भन्सारबाट ९ अर्ब ९८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको छ । यो पुरै आयातको १.३० प्रतिशत हो ।
टप १० भित्र कैलाली भन्सार पनि परेको छ । यो भन्सारबाट पुस मसान्तसम्ममा ९ अर्ब ८८ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको आयात भएको छ । जुन प्रतिशतमा १.३० प्रतिशत हो ।













