सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन सेवाले लगानीकर्ताको विश्वास जित्दै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन सेवाले लगानीकर्ताको विश्वास जित्दै



काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृित लिई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको सिद्धार्थ क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन अन्तर्गत एसेट्स अन्डर म्यानेजमेन्ट १ अर्ब नाघेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले यो अवसर सिद्धार्थ क्यापिटल लिमिटेडको लागि मात्र नभएर सम्पूर्ण गा्रहकवर्ग, साझेदार, नियामक निकायको र कर्मचारीहरूको विश्वास र साथको परिणाम भएको बताए । उनले सिद्धार्थ क्यापिटल दीर्घकालीन तथा सुरक्षित लगानी मार्फत दिगो प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

संस्थाले व्यक्तिगत तथा संस्थागत गा्रहकरूका लागि लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन, सामुहिक लगानी कोष, निक्षेप सदस्य, धितोपत्र प्रत्याभुति तथा संस्थागत परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । पारदर्शिता, जोखिम व्यवस्थापन र नियामक मापदण्डको पूर्ण पालना क्यापिटलको मुख्य प्राथमिकता रहँदै आएको छ ।

आगामी दिनहरूमा नवीन लगानीका उपकरणहरू विस्तार गर्दै, प्रविधिमा आधारित सेवा सुदृढीकरण र लगानीकर्ताको अनुभव अझ सशक्त बनाउने लक्ष्य लिएको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्