युवा पुस्तासँग जोडिँदै यामाहा: ’ओटाकु जात्रा २०२५’ मा ८ हजार भन्दा बढीको उत्साहजनक सहभागिता
काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभल “ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५“ मा सह–प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ । ८ हजार भन्दा बढी युवा, पप–कल्चर फ्यान, गेमर, र कस्प्ले कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन छ ।
यामाहाले आफ्नो एमटी–१५ सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गर्यो, जहाँ सृजनशीलता, आत्म–अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दियो ।
ओटाकु जात्रा जस्तो युवा–केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको छ । कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको ’युवा र स्ट्रिट–कल्चर’ मा केन्द्रित पहिचानसँग पूर्ण रूपमा मेल खाएको थियो ।
यसै अवसरमा यामाहाले नेपालको प्रतिष्ठित ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५’ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो । यसले मोटरस्पोट्र्सको विकास र उत्कृष्टताप्रतिको ब्रान्डको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ ।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक ’कस्टमाइज्ड’ एमटी–१५ मोटरसाइकलहरूको प्रदर्शनी थियो । राइडरहरूको व्यक्तिगत कथा र प्रेरणा झल्काउने यी मोटरसाइकलहरूमा गरिएको युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको रचनात्मकतालाई उजागर गरेको थियो । यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले ती राइडरहरूलाई भेट्दै यामाहाको मर्चेन्डाइज प्रदान गर्नुभएको थियो ।
फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शोले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो । प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए र बलियो मोटरस्पोट्र्स विरासतलाई झल्काएको थियो ।
दर्शकहरूसँग अझ नजिकिन यामाहाले विभिन्न अन्तरक्रियात्मक र अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो। मोटोजीपी रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल र हेल्मेट आर्ट जोनले सहभागीहरूलाई आफ्नो रचनात्मकता देखाउन प्रोत्साहित गर्यो । साथै, एमटी–१५ एक्स्पेरियन्स जोनमा टेस्ट राइडको व्यवस्था गरिएको थियो जहाँ युवाहरूको बाक्लो उपस्थिति देखियो ।
कार्यक्रमको अर्को विशेष आकर्षण’ एमटी राइड–आउट’ रह्यो, जसमा ३५ जना राइडरहरूले कस्प्ले कलाकारहरूलाई पिलियन (पछाडि) राखेर प्लाजा पुग्नुअघि नै कार्यक्रमको हाइप अझ बढाउन सफल भयो ।
ओटाकु जात्रामा यामाहाको उपस्थिति केवल एक प्रायोजकको रूपमा मात्र नभई, एक स्पष्ट उद्देश्यको साथ भएको देखिन्छ । वैयक्तिक स्वतन्त्रता र फ्यानडमको उत्सव मनाउने यस फेस्टिभलसँग जोडिएर, यामाहाले आफूलाई समकालीन संस्कृतिसँगै अघि बढ्ने र आधुनिक युवा समुदायसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ ।













