द गभर्नर ह्विस्की अब १८० एमएलको आकर्षक प्याकमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

द गभर्नर ह्विस्की अब १८० एमएलको आकर्षक प्याकमा



काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क व्हिस्की ७५० एमएलको सफल सुरुवातपछि आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क व्हिस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ।

नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ, जुन परिवर्तनशील उपभोग अवसरहरूसँग पनि उपयुक्त छ।

द गभर्नर स्मोकवुड कास्क व्हिस्की १० बर्स सम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको द गभर्नर ह्विस्कीले आफ्नो मूल दर्शन “दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड” लाई प्रतिबिम्बित गर्छ।

हाइल्याण्ड र स्पेसाइड स्कच माल्ट विश्वका उत्कृष्ट माल्टहरूमध्ये मानिन्छन्, किनकि शताब्दीयौँको शिल्पकला र परम्पराले आकार दिएको असाधारण सन्तुलन, गहिराइ र स्थिर गुणस्तर यिनले प्रस्तुत गर्छन्। यी दुईले मिलेर स्कच ह्विस्कीको चरित्रको सर्वोच्च अभिव्यक्ति प्रतिनिधित्व गर्छन्।

हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्छ। स्मोकवुड कास्कमा तैयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटहरूका साथ सौम्य स्मोक फ्लेभर अनुभव गर्न सकिन्छ।

सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए।

द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य रु. ७४५ मा उपलब्ध हुनेछ।


प्रतिक्रिया दिनुहोस्