छैन शेयर बजारमा उत्साह, १० अंकले घट्यो नेप्से  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

छैन शेयर बजारमा उत्साह, १० अंकले घट्यो नेप्से 



काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा खासै उत्साह देखिएको छैन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.३९ प्रतिशतले घटेर परिसूचक २६१०.६३ विन्दुमा पुगेको छ । 

आज दिनभरमा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर कारोबार भएको छ । 

आज बजार बन्द हुँदा ७९ वटा कम्पनीको शेयर मूल्य बढकोको छ भने १७१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 


प्रतिक्रिया दिनुहोस्