नेपालीको दाँत कोट्याई : ५ महिनामै २८ लाख स्वाहा !
काठमाडौं । नेपालीले दाँत कोट्याउँदा मात्र ५ महिनामा २८ लाख रुपैयाँ स्वाहा भएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्ममा नेपालीले दाँत कोट्याउने सिन्कामा मात्र २८ लाख ५ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालमा २४ हजार २६६ केजी टुथपिक (दाँत कोट्याउने सिन्का) नेपालमा आयात भएको छ । जसबाट सरकारले ३२ लाख ८ हजार रुपैयाँ बराबरको राजश्व पाएको छ ।
आयात भएको टुथपिक मध्ये बासबाट बनेको ५२ लाख ५० हजार रुपैयाँ बराबरको १४ हजार ९६८ केजी छ । जसबाट सरकारले १९ लाख ८२ हजार रुपैयाँ राजश्व पाएको छ ।
सोही अवधिमा काटबाट बनेको टुथपिक २९ लाख ५५ हजार रुपैयाँ बराबरको ९ हजार २९८ केजी हरेको छ । जसबाट सरकारलाई १२ लाख २७ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालमा मुख्य ३ देशबाट टुथपिक आयात भएको देखिन्छ । जसमा सबैभन्दा बढी चाइनाबाट आयात भएको छ । चालु आर्थिक वर्षको तथ्यांक अनुसार पुरै आयात भएको टुथपिक मध्ये चीनबाट मात्र १०० प्रतिशत जस्तो आयात भएको देखिन्छ ।
जसमा चीनबाट मात्र ८१ लाख ६० हजार रुपैयाँ बराबरको २४ हजार २६६ केजी टुथपिक आयात हुँदा ३१ लाख ६४ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।
चीनबाट आयात भएको बासबाट बनेको टुथपिकमा ५२ लाख ३२ हजार रुपैयाँ बराबरको १४ हजार ९१८ केजी छ । त्यसबाट मात्र सरकारले १९ लाख ७२ हजार रुपैयाँ राजश्व पाएको छ ।
सोही अवधिमा चीनबाट काटबाट बनेको टुथपिक २९ लाख ३७ हजार रुपैयाँ बराबरको ९ हजार ४६ केजी आयात भएको छ । जसबाट ११ लाख ९२ हजार रुपैयाँ राजश्व उठेको छ ।
चालु आर्थिक वर्षको मंसिर मासान्तसम्ममा भने भारतबाट ३४ हजार रुपैयाँ बराबरको १०० केजी मात्र टुथपिक आयात भएको छ । जसबाट १२ हजार रुपैयाँ बराबरको राजश्व उठेको छ ।
५ महिनामा भारतबाट आयात भएको मध्ये २७ हजार रुपैयाँ बराबरको ५० केजी टुथपिक बासको हहेको छ । जसबाट सरकारले १० हजार रुपैयाँ बराबरको राजश्व पाएको छ । सोही अवधिमा भारतबाटै ७ हजार रुपैयाँ बराबरको ५० केजी काठबाट बनेको टुथपिक आयात भएको छ । जसबाट ३ हजार रुपैयाँ राजश्व उठेको विभागले जनाएको छ ।
थाइल्यान्डबाट भने ११ हजार रुपैयाँ बराबरको २०२ केजी टुथपिक काठबाट बनेको आयात भएको छ । जसबाट सरकारले ३१ हजार रुपैयाँ राजश्व पाएको छ ।













