घटेको बजारमा यी हुन् सर्वाधिक कमाउने १० कम्पनी
काठमाडौं । आज साताको पहिलो नेपाल स्टक एक्सचेञज (नेप्से) ५.५४ अंकले घटेर परिसूचक २६३५ विन्दुमा आएको छ । तर, आज नेप्से घट्दा पनि १० कम्पनीका लगानीकर्ता भने मालामाल भएका छन् ।
आज सर्वाधिक कमाउने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रो इन्डस्ट्री लिमिटेड बनेको छ । उक्त दुवै कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । एसवाई प्यान आज प्रतिकित्ता १२५ रुपैयाँ ८० पैसाले बढेर १ हजार ३८३ रुपैयाँ ८० पैसा पुगेको छ ।
यता श्रीनगरको भने प्रतिकित्ता १०१ रुपैयाँ ३० पैसाले बढेर १ हजार ११४ रुपैयाँ ३० पैसा पुगेको छ ।
त्यस्तै, रसुवागढी हाइड्रोपावर ५.८५ प्रतिशतले बढेर २९४ रुपैयाँमा, सिटिजनस म्युचुअल फण्ड–२ ५.८५ प्रतिशतले बढेर ९ रुपैयाँ ७७ पैसा, बुङ्गल हाइड्रो ५.८५ प्रतिशतले बढेर ६७२ रुपैयाँ र ट्रेड टावर ५.३० प्रतिशतले बढेर ८६९ रुपैयाँ ८० पैसा पुगेको छ ।
साथै, सिक्लेस हाइड्रोपावर ५.२९ प्रतिशतले बढेर ६१९ रुपैयाँ, झापा इनर्जी ५ प्रतिशतले बढेर १ हजार ४७० रुपैयाँ, सान्भी इनर्जी ४.४० प्रतिशतले बढेर ८३० रुपैयाँ र घोराई सिमेन्ट इन्डस्ट्री ४.१७ प्रतिशतले बढेर ४३७ रुपैयाँ ५० पैसा पुगेको छ ।













