स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ



सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्