नेप्सेमा झिनाे सुधार, सवा ६ अर्बमा खुम्चियाे काराेबार - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेप्सेमा झिनाे सुधार, सवा ६ अर्बमा खुम्चियाे काराेबार



काठमाडाैं। लगातार दाेस्राे दिन पनि नेपाल स्टक एकसचेञ्ज नेप्सेमा झिनाे सुधार देखिएकाे छ। आज बुधबार सेयर बजार मापक नेप्से परिसूचक १.५२ अंकले बढेर २६ सय ४१ दशमलव ४३ बिन्दुमा रोकिएको छ।

बजार झिनाे अंकले बढे पनि सेयर काराेबारमा भने गिरावट आएकाे छ। आज ३२० कम्पनीकाे १ कराेड २५ लाख ४ हजार ९७० कित्ता सेयर खरिदबिक्रि हुँदा ६ अर्ब २० कराेड ९४ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ बराबरको कारोबार भएको थियाे ।

आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् ।

१२५ कम्पनीकाे सेयर मूल्य बढेकाेमा यसदिन सुपर मादी हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक ९.९४ र थ्रिस्टार हाइड्राेपावरकाे सेयर मूल्य ८.२३ प्रतिशतले बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्