इन्धन खरिदमै देशको कुल निर्यात स्वाहा ! - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इन्धन खरिदमै देशको कुल निर्यात स्वाहा !



काठमाडौं । नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्दै गए पनि त्यसबाट आर्जित रकम इन्धन खरिदमै सकिने गरेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको तथ्यांक अनुसार  नेपालले विदेशमा सामान बेचेर जति कमाउँछ त्यो सबै रकम इन्धन आयातमा नै खर्च हुने गरेको छ ।

तथ्याङ्क अनुसार चालु आवको पुस मसान्तसम्ममा नेपालले १ खर्ब ४२ अर्ब १ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.७६ प्रतिशतले बढी हो । निर्यातमा ऐतिहासिक सुधार देखिए पनि सोही अवधिमा इन्धन आयातको दरले यसलाई छायामा पारेको छ ।

नेपालले ६ महिनाको अवधिमा १ खर्ब १९ अर्ब ८२ करोड ८९ लाख रुपैयाँ बराबरको इन्धन आयात भएको छ । 

चालु आर्थिक वर्षको ६ महिनामा नेपालले विभिन्न प्रकारका पेट्रोलियम पदार्थ र कोइला आयातमा ठूलो रकम बाहिर पठाएको छ । सबैभन्दा बढी पेट्रोलमा धेरै पैसा बाहिरिएको छ । ६ महिनामा ६ लाख ३० हजार २५६ किलोमिटर पेट्रोल आयात गर्दा ५८ अर्ब २७ करोड ९२ लाख रुपैयाँ बाहिरिएको विभागको तथ्यांकमा छ ।

धेरै आयात हुने दोस्रो इन्धनमा डिजेल रहेको छ । पुस मसान्तसम्ममा डिजेल ३ लाख ८० हजार २३५ किलोमिटर भित्रिएको छ । जसको लागत ३३ अर्ब ७ करोड २१ लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

६ महिनामा एलपीजी (खाना पकाउने ग्यास) २७ करोड ४८ लाख केजी ग्यास आयात गर्दा २७ अर्ब ४ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, फर्नेस आयत ( ठुला उद्योग र मेशिनरीहरू चलाउन प्रयोग गरिन्छ ।) अर्नेसन आयत २७ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको २७ करोड ४८ लाख ५ हजार केजी आयात भएको छ ।   

समीक्षा अवधिमा कोइला ४ हजार १०४ किलोलिटर कोइला आयात भएको छ । जसबाट ३७ करोड १० लाख रुपैयाँ बाहिरिएको छ । 

अलकत्रामा ६ महिनामा १० लाख ३ हजार ८० केजी आयात भएको छ । जसबाट १ करोड ६ लाख रुपैयाँ रकम बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ । 

साथै कोक ( सिमेन्ट उद्योग र इँटा भट्टाहरूमा ऊर्जाको रूपमा प्रयोग हुने) ४ करोड ७८ लाख ८८० केजी आयत हुँदा १ करोड १ लाख रुपैयाँ बाहिरिएको छ । 

समीक्षा अवधिमा काठको कोइला ३५ हजार ५८२ केजी आयात हुँदा ६२ लाख रुपैयाँ रकम बाहिरिएको छ । 

पिच कोक ( कोइला वा खनिज खोटो (टार) लाई उच्च तापक्रममा प्रशोधन गरेर निकालिएको ठोस र कार्बनयुक्त इन्धनलाई ’पिच कोक’ भनिन्छ, जुन मुख्यतया औद्योगिक प्रयोजन र आल्मुनियम पगाल्न प्रयोग गरिन्छ ।) २ हजार ५ केजी आयात हुँदा १ लाख ८७ हजार रुपैयाँ रकम बाहिरिएको छ । 

राजस्वमा इन्धनको योगदान

इन्धन आयातले एकातिर विदेशी मुद्रा खर्च गराइरहेको छ भने अर्कोतिर राज्यको ढुकुटीमा ठूलो राजस्व समेत जम्मा गरेको छ । ६ महिनाको अवधिमा पेट्रोलबाट मात्रै २५ अर्ब ३१ करोड र डिजेलबाट २१ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन भएको छ । ग्यास आयातबाट पनि ५ अर्बभन्दा बढी राजस्व सरकारी खातामा आएको छ ।


प्रतिक्रिया दिनुहोस्