सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीका विभिन्न सेवामा छुट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीका विभिन्न सेवामा छुट



काठमाडाैं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित होटेल ले हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर तथा बागलुङ स्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्टस, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरा स्थित द लेक रिट्रिटमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

यस समन्वयबारे थप जानकारीका लागि बैंकको चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरुमार्फत सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्