६ महिनामा चिया र अलैँची मात्र करिब १० अर्बको निर्यात, टप १० मा चिया, धागोदेखि ऊनसम्म - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

६ महिनामा चिया र अलैँची मात्र करिब १० अर्बको निर्यात, टप १० मा चिया, धागोदेखि ऊनसम्म



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) मा नेपालको वैदेशिक व्यापारमा कृषि तथा स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरूको निर्यात उत्साहजनक देखिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूको सूचीमा चिया र अलैँचीले मात्रै झन्डै १० अर्ब रुपैयाँको हिस्सा ओगटेका छन् ।

पुस मसान्तसम्ममा चिया र अलैँची मात्र चिया र अलैँची गरी कुल ९ अर्ब ४० करोड ७२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । जसमा अलैँचीको योगदान सबैभन्दा उच्च छ । ६ महिनामा ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात हुँदा ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँ वैदेशिक मुद्रा भित्रिएको छ । 

त्यसै गरी, नेपाली चियाको निर्यात पनि अर्बौँमा रहेको छ । यस अवधिमा २ अर्ब २० करोड ७७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख ९४ हजार ३८ केजी कालो तथा अन्य प्रशोधित चिया विश्व बजारमा पुगेको छ । यी दुई वस्तु नेपालको कृषिजन्य निर्यातका मुख्य आधार स्तम्भ बनेका छन् ।

निर्यातका ’टप १०’ वस्तुहरू

नेपालको निर्यात व्यापारमा चिया र अलैँचीबाहेक औद्योगिक र हस्तकलाका सामग्रीहरूको पनि राम्रो निर्यात भएको छ । सर्वाधिक निर्यात हुने १० वस्तुको सूचीमा प्रशोधित तेलदेखि ऊनी उत्पादनसम्म अटाएका छन् । 

छ महिनामा सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ । समीक्षा अवधिमा जुन ५६ अर्ब ८ करोड २४ लाख रुपैयाँ बराबरको २७ करोड २२ लाख ५७ हजार ९१८ केजी निर्यात भएको छ । 

तेस्रोमा भने गलैँचा परेको छ । जुन ६ महिनामा ४ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको १ लाख ९१ हजार ७५ स्क्वायर मिटर निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

नेपालबाट निर्यात हुने बस्तुमा चौथो नम्बरमा सूर्यमुखी तेल रहेको छ । जुन ६ महिनाको अवधिमा ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख ६७ हजार १४८ किलोलिटर निर्यात भएको छ । 

पाँचौँ नम्बरमा भने जुटका कपडाहरु निर्यात भएको छ । समीक्षा अवधिमा जुटका कपडाहरु ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ बराबरको ५ करोड ६६ लाख ४४ हजार ८७३ स्क्वायर मिटर निर्यात भएको छ । 

छैटौँ नम्बरमा फेल्टका सामानहरू (सजावट, जुत्ता र खेलौना) निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । फेल्टका सामान ६ महिनामा २ अर्ब ९० करोड १० लाख रुपैयाँ बराबरको ९ लाख ६९ हजार ७३ केजी निर्यात भएको छ । 

बढी निर्यात हुँनेको सतौ नम्बरमा पाम आयल परेको छ । जुन ६ महिनामा २ अर्ब ८० करोड ५२ लाख रुपैयाँको १ करोड ५४ लाख ६० हजार ७६४ किलोलिटर निर्यात भएको छ । 

बढी निर्यात हुँनेको आठौँ नम्बरमा भने पोलिएस्टर धागो निर्यात भएको छ । पोलिएस्टर धागो ५ महिनामा २ अर्ब ४५ करोड ३२ लाख रुपैयाँ १ करोड १५ लाख ९४ हजार ३८ केजी निर्यात भएको छ । 

निर्यात हुने टप १० भित्र ऊनी सल र मफलर पनि परेको छ । जुन ६ महिनाको अवधिमा २ अर्ब ११ करोड ८७ लाख रुपैयाँ बराबरको १५ लाख २१ हजार ४८३ वटा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्