विराटनगरदेखि पोखरासम्म १४ शाखा बन्द गर्दै प्रभु बैंक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विराटनगरदेखि पोखरासम्म १४ शाखा बन्द गर्दै प्रभु बैंक



काठमाडौँ। प्रभु बैंकले देशका विभिन्न पाँच महानगरपालिकामा रहेका १४ वटा शाखा कार्यालयहरू बन्द गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले महानगरभित्र रहेका शाखाहरू समायोजन गर्न स्वयं बैंक तथा वित्तीय संस्थालाई खुल्ला छुट दिने नियम कार्यान्वयनमा ल्याएपछि प्रभुले १४ शाखा घटाउन लागेको हो।

यी १४ मध्ये सातवटा शाखाहरु काठमाडौँ महानगरपालिकाभित्रकै छन्। बैंकले पत्रिकामा एउटा सूचना प्रकाशित गरी यस्तो बताएको हो।

काठमाडौँ महानगरभित्रको बौद्ध, वागदरबार, नरेफाँट, मित्रपार्क, एयरपोर्ट, टेकु र पुतलीसडकका शाखाहरू बन्द गर्न लागेको बैंकको सूचनामा उल्लेख छ ।

त्यस्तै ललितपुर महानगरभित्रका दुईवटा शाखाहरू समायोजनमा लान लागेको बैंकले जनाएको छ। पाटन र सातदोबाटो चोकका शाखाहरू अब बन्द हुनेछन्।

पोखरा महानगरपालिकाको पनि तीनवटा शाखाहरू बन्द हुने भएका छन्। अर्घौचोक, हरिचोक र नयाँगाऊँ शाखाहरू समायोजनमा परेका छन्।

यसबाहेक चितवन भरतपुरको बेल्चोक शाखा र विराटनगरको गोल्छाचोक शाखा पनि समायोजन हुने भएका छन्।


प्रतिक्रिया दिनुहोस्