प्राइम कमर्सियल बैंकको नाफा र ब्याज आम्दानी दुवै बढ्याे, कस्ता छन् अन्य सूचक ?
काठमाडाैं । चालु आर्थिक वर्षकाे दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंककाे नाफा बढेकाे छ। साउनदेखि पुस मसान्तसम्मकाे अवधिमा बैंकले २ अर्ब ४ करोड ३३ लाख रूपैयाँ नाफा आर्जन गरेकाे छ।
बैंकले प्रकाशित गरेकाे दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा गत वर्षको सोही अवधिको १ अर्ब ८६ करोड ९९ लाख ५० हजार ३ सय ५२ रुपैयाँको तुलनामा झण्डै ९.२७ प्रतिशतको वृद्धि हो।
यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ। गत वर्षको पुस मसान्तसम्म ४ अर्ब ४१ करोड ९२ लाख १९ हजार ६ सय ६ रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ४ अर्ब ६५ करोड ३३ लाख १४ हजार ९ सय ७३ रुपैयाँ पुगेको छ।
यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि बढेर १ अर्ब ३ करोड ३ लाख रुपैयाँ कायम भएको छ भने वितरणयोग्य मुनाफा ३७ करोड २ लाख ६ हजार ८ सय ८६ रुपैयाँ रहेको छ।
बैंकको अन्य सञ्चालन सूचकहरू पनि सकारात्मक देखिएका छन्। समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब १८ करोड ७४ लाख ८९ हजार २ सय ३३ रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३ अर्ब ३९ करोड ५३ लाख ८३ हजार १ सय ३८ रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भई १९.५० रुपैयाँ कायम भएको छ, जुन गत वर्ष १९.२८ रुपैयाँ थियो। बैंकको प्रतिशेयर नेटवर्थ १६५.८० रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकको खराब कर्जामा भने केही दबाब देखिएको छ। गत वर्षको पुस मसान्तमा ४.९६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ६.३८ प्रतिशत पुगेको छ।
समिक्षा अवधिमा बैंककाे चुक्ता पूँजी २० अर्ब ९५ करोड ४७ लाख रूपैयाँ रहेकाे छ भने बैंकले समीक्षा अवधिसम्म २ खर्ब ६७ अर्ब ३३ करोड १५ लाख २० हजार ६ सय ९८ रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब १७ अर्ब १७ करोड ५१ लाख ३३ हजार २ सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको छ।













